‘अफगानिस्तानमा मानवीय सहायताको खाँचो’


२७ आश्विन २०७८, बुधबार
Taliban1632488583

काबुल, २७ असोज । अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औंल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जी २० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् ।

उक्त बैठकपछि उनले समाचारदाताहरूसँग भने, ‘हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौं । मलाई लाग्छ, त्यहाँको अवस्था अहिले नै नाजुक छ, त्यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।’
इटालीले अफगानिस्तानको विषयलाई लिएर जी २० का सदस्य राष्ट्रहरूको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जी२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरू सहभागी थिए ।

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरूले गत महिना त्यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरूले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७