६०९ ले जिते कोरोना, ३६५ नयाँ थपिए, चारको मृत्यु


२७ आश्विन २०७८, बुधबार
korona

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५,५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, एक हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २,२७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७