सिटिजन बैंक लुटपाट : भारतीयसहित तीन जना पक्राउ


२७ आश्विन २०७८, बुधबार
IMG 1472 e46CqI4GDP

मोरङ, २७ असोज । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपि चोकस्थित सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा–४ बस्ने ३० वर्षीय विजय सहनी रहेका छन् ।

को २५ प ३८९९ नं को मोटरसाइकलमा तीनै जना भारततर्फ भाग्ने क्रममा मोरङ धनपालथान गापा–२ खयरबना चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा फेला परेका सहनीलाई रंगेली अस्पतालमा उपचार पश्चात् ईप्रका रंगेलीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको १ राउन्ड लोडेड गोलीसहित कटुवा पेस्तोल १ थान, र सहनीको साथबाट नोकिया कम्पनीको सादा मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७