विश्व कीर्तिमानी धावक छुरा प्रहार गरिएको अवस्थामा आफ्नै घरमा मृत फेला


२७ आश्विन २०७८, बुधबार
thumb 1 5

नैरोबी, २७ असोज । दुईपटकको विश्व च्याम्पियन काँस्य पदक विजेता केन्याकी खेलाडी एग्नेस तिरोपको निवासमै छुरा हानेको अवस्थामा मृत भेटिएकी छन् । २५ वर्षीया धावक तिरोपले २०१७ र २०१९ को १०००० मि विश्व च्याम्पियनशिपमा कांस्य पदक जितेकी थिइन् ।

केन्याको नैरोबीस्थित एथलेटिक्स केन्याका अध्यक्ष बर्नाबा कोरिरले दुःखद् समाचार भन्दै इटेन इल्गेओ काउन्टीमा उनको मृत्युको पुष्टि गरेका छन् ।

तिरोपले गत महिना मात्र जर्मनीमा १० किलोमिटरको विश्व कीर्तिमान बनाएकी थिइन् । विश्व कीर्तिमान बनाउन पाएकोमा उनले खुसी व्यक्त गर्दै भनेकी थिइन्, ‘गति कठिन थियो तर विश्व कीर्तिमान तोड्दा म धेरै खुशी छु ।’ उनको मृत्युबारे केन्याको प्रहरीबाट कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७