२०७८ असोज २८ गते बिहीबारको तपाईको राशिफल

महानवमी / विश्व दृष्टि दिवस


२८ आश्विन २०७८, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्ने छ । सामाजिक काममा सफलता पनि पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने छ । सफल यात्रा हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशिष्ट व्यक्तिको सहयोग पाइने छ । शुभकार्यको चर्चा चल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा परम्परागत काममा रुचि बढ्ने छ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आर्थिक लाभ मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । पुनर्मिलनको योग रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७