फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी


२८ आश्विन २०७८, बिहीबार
Abdullaha Almutairi1634134798

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् ।

आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।
नेपालले फाइनलसम्मको यात्रा गरेकोमा आफू खुशी रहेको बताउँदै उनले पछिल्ला तीन दिन निकै तनावमा गुजारेको पनि खुलासा गरे । ‘पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने ।

नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नबोल्ने बताए । नेपालले आज बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७