प्रदेश–१ र वागमतीका केही स्थानमा हल्का वर्षाको सम्भावना


२८ आश्विन २०७८, बिहीबार
kathamandu

काठमाडौं, २८ असोज । प्रदेश–१ र वागमती प्रदेशका केही स्थानमा आज (बिहीबार) हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, वागमती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश–१, प्रदेश–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मतीका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७