रुवी खानलाई तत्काल रिहा गर्न सर्वाेच्चको आदेश


२८ आश्विन २०७८, बिहीबार
rubi khan

काठमाडौं, २८ असोज । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्कालै रिहा गर्न आदेश दिएको छ ।

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज (बिहीवार) सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीलाई काठमाडौंबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्‍याएको थियो ।

रुवीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन शुरु गरेकी थिइन् । उनलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७