आज दशैंको टीकाको दिन कस्तो रहला मौसम ?


२९ आश्विन २०७८, शुक्रबार
kathamandu

काठमाडौं, २९ असोज । आज (शुक्रबार) दशैंको टीकोको दिन । आज प्रदेश–१ र वागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित निम्नचापीय प्रणालीको आंशिक प्रभाव छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, प्रदेश–२, वागमतीमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७