यमनमा साउदी सेनाको कारबाही : ९ हुथी विद्रोहीको मृत्यु


२९ आश्विन २०७८, शुक्रबार
huthibidrohi qtKYxo8FT7 2

काठमाडौं, २९ असोज । यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले गरेको कारबाहीमा नौ जना हुथी विद्रोहीको मृत्यु भएको छ ।

केही दिनयता साउदी सेनाले हुथी विद्रोहीविरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेको छ । पछिल्लो कारबाहीमा नौजना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले जनाएको छ ।

साउदी अरेबियन सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्दै आएको छ । मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि घेरा हालेर आक्रमण गरी ध्वस्त बनाइएको सेनाले जनाएको छ ।

गतहप्ता मात्र साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जना भन्दा बढी हुथी मारिएका थिए । मारिब प्रान्तमा पछिल्लो समयमा हुथी विद्रोहीले अखडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कारबाही अभियान तीव्र बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७