तालिवानले अपमान गरेको भन्दै पाकिस्तानले अफगानिस्तानसँगको हवाई सेवा बन्द गर्‍यो


प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार ०७:५१

काठमाडौं, २९ असोज । पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको बीबीसीले जनाएको छ । पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।

पीआईएका प्रवक्ताले तालिबानले एयरपोर्टका आफ्ना कर्मचारीलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको समेत आरोप लगाएको छ । हिजो सामान्य अवस्थामा भन्दा १० गुणा कमले मात्र एक देशबाट अर्को देशका लागि टिकट काटेका बीबीसीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार काबुलबाट इस्लामाबाद ४० मिनेट उडानको लागि तालिबानले १२ सय डलर असुल्ने गरेको पाइएको थियो । यो भन्दा अगाडि यति उडानको १५० डलर मा हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्