लेबननको राजधानी बेइरुतमा गोली हानाहान : कम्तीमा ६ को मृत्यु, दर्जनौं घाइते


२९ आश्विन २०७८, शुक्रबार
beruit wQL6wUD5Cq

काठमाडौं, २९ असोज । लेबननको राजधानी बेइरुतमा प्रदर्शनका क्रममा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३२ जना घाइते भएका छन् ।

शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीश तारेक बितारविरुद्ध गरेको प्रदर्शनका क्रममा एक्कासी गोली हानाहान भएको बीबीसीले जनाएको छ । न्यायाधीश बितारले गएको वर्ष तटीय शहरमा २१९ जनाको ज्यान जाने गरी भएको ठूलो विस्फोटन हेजबोल्लाह र आमलले गराएको बताएपछि हिंसा चर्किएको हो ।

हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश पूर्वाग्रही भएको दाबी गरेका छन् । हिजो अदालतको मुख्य भवन प्यालेस अफ जस्टिस बाहिर सयौं मानिसहरूले न्यायाधीशलाई हटाउन माग गर्दै प्रदर्शन शुरु गरेका थिए । उनीहरूले अनुसन्धानलाई राजनीतिकरण गरिएको तर्क गर्दै न्यायाधीश तारेक बितारलाई हटाउन माग गरेका छन् ।

गोली प्रहारको घटनालाई लिएर लेबननका प्रधानमन्त्री नजिब मिकाटीले आज देशव्यापी शोकको घोषणा गरेका छन् । उनले कारण जेसुकै भए पनि विद्रोही आचरण नदेखाउन र संयम रहन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७