आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई भिड्दै


२९ आश्विन २०७८, शुक्रबार
ipl final dubai lwaQQPE0wT

काठमाडौं, २९ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज (शुक्रबार) चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।

खेल राति पौने ८ बजे यूएईको दुबईमा शुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७