अमेरिकी राजदूत बेरीले लगाए दशैंको टीका


२९ आश्विन २०७८, शुक्रबार
randy berry 5 20211015052344

काठमाडौं, २९ असोज । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैंको टीका ग्रहण गरेका छन् । उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन् ।

राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।

randy berry 1 20211015052344

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको थियो । तर साइत नकुर्नेहरूले भने बिहानैदेखि टीका लगाइरहेका छन् ।

नवरात्रको पहिलो दिन घटस्थापनादेखि सुरु हुने दसैंको आज विशेष तथा प्रमुख दिन हो । आज मान्यजनबाट आशीर्वादसहित टीका तथा जमरा लगाउने चलन रहेको छ । टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७