नेपाली फुटबल टिमले माल्दिभ्समै मनायो दशैं


प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १३:४०

काठमाडौं, २९ असोज । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैं मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दशैं मनाएका हुन् ।

नेपाली फुटबल दशैं मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ ।
हेर्नुस् तस्विहरु

प्रतिक्रिया दिनुहोस्