७७७ ले जिते कोरोना, २७२ नयाँ थपिए, आठको मृत्यु


२९ आश्विन २०७८, शुक्रबार
korona

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड–१९) बाट थप ८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४,७१२ नमूनाको परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २,०९२ नमूनाको पीसीआर र २,६२० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो ।

यस्तै, शुक्रबार थप ७७७ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ छ । जसमध्ये ३०७ जनाको आइसीयूमा र १०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७