नाइजेरियामा सेप्टेम्बरयता २५० हतियारधारी सेनाको कारबाहीमा मारिए


२९ आश्विन २०७८, शुक्रबार
Nigeria1634297945

अबुजा, २९ असोज । नाइजेरियाको गत सेप्टेम्बरयता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बरदेखि बिहीबारसम्म कम्तीमा २५० जना बन्दुकधारीहरू सेनाको कारबाहीमा मारिएका हुन् ।

सेनाले बिहीबार दिएको जानकारीअनुसार नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा ती हतियारधारीहरू मारिएका हुन् । सेनाले गरेको कारबाहीका क्रममा अन्य ६०० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरूलाई नाइजेरियाका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ । यसलाई सेनाले एक सफल सैन्य कारबाही भनेको छ ।

नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरूले नागरिकको हत्या गर्ने गर्दछन् । सेनाले महिना दिनयता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७