२०७८ असोज ३० गते शनिबारको तपाईको राशिफल

पापांकुशा एकादशी व्रत / विश्व खाद्य दिवस


३० आश्विन २०७८, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा बढी व्यस्त रहनु पर्नेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तः फाइदा नै पुर्‍याउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
होशियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसङ भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा चल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनु होला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक यात्राको योग छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चाहिं सावधानी अपनाउनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । कतै घुम्न जाने योजना बन्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन मद्दत गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नजिकको व्यक्तिबाट धोका पाइन सक्ने छ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७