भोलिदेखि हावाहुरी, मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना


३० आश्विन २०७८, शनिबार
kathamandu

काठमाडौं, ३० असोज । आज (शनिबार) देखि देशैभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (आइतबार) देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको जानकारी दिएको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र नेपालमा विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली भएको महाशाखाकी मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् ।

‘आइतबार देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केहि स्थानमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी र भारी वर्षाको समेत सम्भावना छ,’ विभागले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको पनि सम्भावना छ ।’

वर्षाको सम्भावना रहेकाले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ । साथै दशैं मान्न गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र कार्यस्थलमा फर्किन पनि मौसमविद्ले सुझाब दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७