बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको गयो ज्यान


३० आश्विन २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

मकवानपुर, ३० असोज । मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय दुई जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोड समेत गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको प्रहरी निरीक्षक दासले जनाए । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७