बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या


३० आश्विन २०७८, शनिबार
uk mp stabbed to death getty 6w8aLXgeKh

काठमाडौं, ३० असोज । बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसको हत्या भएको हो ।

६९ वर्षीय सांसद अमेसलाई स्थानीय चर्चमा गएको बेला २५ वर्षीय युवाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले छुरासहित हत्यारालाई पक्राउ गरेको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको बेला सांसदमाथि आक्रमण भएको हो । करिब चार दशकदेखि बेलायतमा सांसद रहँदै आएका अमेसमाथिको आक्रमणको कारण खुलेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७