ताप्लेजुङका ‘भाईरल’ झाँक्रीको सर्पले ढसेर मृत्यु


३० आश्विन २०७८, शनिबार
Capture 3

ताप्लेजुङ, ३० असोज । ताप्लेजुङमा सर्पको टोकाइबाट एक युबकको निधन भएको छ । निधन हुनेमा फुङलिङ नगरपालिका–९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा ‘भाइरल झाँक्री’ नामले परिचित २५ वर्षीय कृष्णबहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरी उपचार गर्ने क्रममा निधन भएको हो ।
उनको शव आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

पूर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले ड’स्ना साथ झारफुक गर्नका लागि एक जना साथीसहित मोटरसाइकलमा पुजारी कहाँ गएको र बीच बाटोमै मोटरसाइल बिग्रिएपछि पैदलमार्फत गएका थिए ।

झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताए । हिजो टीकाका दिन सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् । शवलाई भोलि असोज ३१ गते अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७