राति नाच हेर्न निस्केका युवक विहान इनारभित्र मृत फेला


३० आश्विन २०७८, शनिबार
pond inar.jpg
सांकेतिक तस्विर

सिरहा, ३० असोज । सिरहामा इनारमा डुबेको अवस्थामा शनिबार एक युवक मृत फेला परेका छन् । सिरहाको नरहा गाउँपालिका–३ स्थित इनारमा गोलबजार नगरपालिका–८ बस्ने २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।

स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो । झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘हामीले युवक इनारमा डुबेको विषयमा अनुसन्धान शुरु गरेका छौं,’ प्रहरी निरीक्षक ओझाले भने, ‘तत्काल केही भन्ने अवस्था छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७