माओवादी केन्द्रबाट १३ जना सिफारिश


२७ आश्विन २०७४, शुक्रबार
cpn maoist center

कालीकोट: नेकपा माओवादी केन्द्र कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घ र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ । बिहीबार बसेको बैठकले सङ्घको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गरेको छ ।cpn maoist center

त्यसैगरी प्रदेशका लागि प्रदेश नं १ बाट धनजित शाही, अनन्त विक, गणेशबहादुर शाही, खेमबहादुर सिंहलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही, राजकुमारी सिंहलाई सिफारिश गरेको नेकपा ९माओवादी० का सरोज बोगटीले बताए ।त्यसैगरी प्रदेश नं २ बाट जीवनबहादुर बुढा, प्रकाश रोकाया र विष्णु विकलाई सिफारिश गरेको छ । यसअघि नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा र राप्रपा लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्तिले पनि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७