नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु


३० आश्विन २०७८, शनिबार
Dubera bepatta
सांकेतिक तस्विर

काठमाडौं, ३० असोज । नदीमा नुहाउने क्रममा डुबेर सिन्धुली र रुपन्देहीमा एक–एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ बस्ने २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको हो । नदीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उता रुपन्देहीको देवदह नगरपालिका–२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका–४ बस्ने ११ वर्षीय सानु लोधको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७