इन्डोनेशियामा भूकम्प : तीनको मृत्यु, सात जना घाइते


३१ आश्विन २०७८, आईतवार
indonesiya

काठमाडौं, ३१ असोज । इन्डोनेशियामा पटक–पटक गरी आएको भूकम्पमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भूकम्प पछि आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताइएको छ ।

बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको केहीबेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

भूकम्पका कारण दर्जनौ घरहरु भत्कनुका साथै कयौं सवारीसाधनमा क्षति पुगेको छ । रातको समयमा आएको भूकम्पका बीच सर्वसाधारणमा भागदौड मच्चिएको थियो । यसअघि गत जनवरीमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा १०५ जनाको मृत्यु भएको थियो । जसमा ६५ सय जना घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७