सडक दुर्घटनामा चार जनाको ज्यान गयो


३१ आश्विन २०७८, आईतवार
accident

मकवानपुर, ३१ असोज । मकवानपुरमा भएका दुई अलग–अलग दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर–२ लामिबगरमा यात्रु लिएर काठमाण्डौ बाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी दुई सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

सुमोमा सवार चालकसहित १० जना घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएकोमा दुई जनाको उपचारको क्रममा ज्यान गएको र ज्यान जाने दुवै पुरुष रहेको प्रहरी निरीक्षक दासले बताए । सुमो चालकसहित अन्य ४ जनालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र घाइते तथा मृतक कसैको पनि पहिचान नखुलेको जनाइएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

गए राति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७