दशैंमा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्किदै काठमाडौं


३१ आश्विन २०७८, आईतवार
kathmandu Valley peopel go to tika from family relatives7

काठमाडौं, ३१ असोज । विजया दशमीको तेस्रो दिन आज (आइतबार) पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्शिवाद लिनेक्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशै मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पूजाआराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबीच दशैंको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्दै छन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ–आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम शुरु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७