म्यानमारका सेना प्रमुख आसियानको शिखर बैठकमा सहभागी हुन नपाउने


३१ आश्विन २०७८, आईतवार
myanmar 6

काठमाडौं, ३१ असोज । म्यानमारका सेना प्रमुखले दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (आसियान) को बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

म्यानमारका सैनिक जनरल मिन ओङ ह्लाइङकोलाई यसै महिनाको अन्त्यमा हुने आसियानको शिखर सम्मेलनमा सहभागी नगराउने निर्णय भएको हो । जनरल मिन ओङ ह्लाइङले गएको फेब्रुअरीमा सैन्यवलको आधारमा सत्ता हत्याएका थिए । शिखर सम्मेलनमा सैनिक प्रमुखको सट्टामा गैरराजनीतिक प्रतिनिधि बोलाउने सहमती भएको बीबीसीले जनाएको छ ।

गएको अगष्टमा सेना प्रमुख ह्लाइङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए । आसियानमा आबद्ध देशका विदेशमन्त्रीको आपतकालीन बैठकमा म्यानमारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न नदिने निर्णय भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका अन्य देशका सरकार प्रमुख समेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक जनरललाई सहभागी नगराइनु अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैनिक सरकारका लागि ठूलो धक्काको रुपमा हेरिएको छ ।

म्यानमारमा सेनाले सत्ता हत्याएपछि भएको दमनको क्रममा एक हजार भन्दा बढी नागरिकको हत्या भएको छ भने नेतृ आङसाङ सुकीसहित ६ हजार भन्दा बढीलाई थुनामा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७