इङ्लिस प्रिमियर लिग : चेल्सी शीर्ष स्थानमा


३१ आश्विन २०७८, आईतवार
chelsea

काठमाडौं, ३१ असोज । इङ्लिस प्रिमियर लिग फुटबलमा गए राति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गर्‍यो ।

चेल्सीको जितमा बेन चिलवेलका गोल निर्णायक रह्यो । अर्को दावदार टोली लिभरपुलले गए राति वाट्फोर्डमाथि ५–० को जित निकाल्यो । उसका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा सादियो माने र मोहोमद सालाहले एक एक गोल थपे ।

गए रातिको अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्न्लेलाई २–० ले हरायो । सिटीको जितमा केभिन डे ब्रायन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । म्यान्चेस्टर युनाइटेडलाई भने गएराति लेष्टर सिटीले ४–२ ले पाखा लगायो ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एस्टन भिल्लालाई वुल्भरह्याम्पटन वान्डरर्सले ३–२ ले हराँउदा साउथह्याम्प्टनले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्‍यो गए रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट १९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७