गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


३१ आश्विन २०७८, आईतवार
earthquake

गोरखा, ३१ असोज । गोरखा केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ ।

केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो । विनासकारी बारपाक भूकम्प पछि हजारौं परकम्प गइसकेका छन् । त्यसरी जाने परकम्पका केन्द्रविन्दु गोरखा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकासहितका क्षेत्र हुने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७