रुखमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक घाइते


३१ आश्विन २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धनुषा, ३१ असोज । धनुषामा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७