२५ वर्षीय युवकको घाँटी थिचेर हत्या, पत्नीसहित चार जना पक्राउ


३१ आश्विन २०७८, आईतवार
death

कैलाली, ३१ असोज । कैलालीको धनगढी उपमहानगरपालिका–७ मा एक युवाको हत्या भएको छ । २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो । घटना अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेपछि प्रहरीले पत्नीसहित चार जनालाई पक्राउ गरेको हो ।

चौधरी शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका थिए । रातभर उनी घर नफर्किएपछि उनको खोजी शुरु भएको थियो । चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुका तीन वर्षीय छोरा छन् । चौधरीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७