धनुषामा घाँटी काटिएको अवस्थामा शव फेला


३१ आश्विन २०७८, आईतवार
death

धनुषा, ३१ असोज । धनुषामा एक जना पुरुषको हत्या भएको छ । नगराइन नगरपालिका–५ गंगुलीस्थित हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ । घटनास्थलमा खुकुरी पनि फेला परेको छ ।

मृतक पुरुषले सेतो सर्ट र खैरो पाइन्ट लगाएका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शवलाई पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७