पेस्तोलसहित एक जना पक्राउ


प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १२:०४

सर्लाही, ३१ असोज । सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्