१२ घण्टादेखि बेपत्ता १३ वर्षीया बालिकाको शव पोखरीमा फेला


३१ आश्विन २०७८, आईतवार
dubera death

सर्लाही, ३१ असोज । सर्लाहीको बागमतीमा १३ वर्षीया एक बालिकाको शव पोखरीमा फेला परेको छ । शनिबार साँझदेखि बेपत्ता बालिकाको शव आइतबार बिहान घर नजिकैको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको शव पोखरीमा फेला परेको हो । शनिबार साँझ पोखरीमा नुहाउन गएदेखि उनी बेपत्ता भएकी अभिभावकले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७