आचारसंहितको उल्लंघन गर्दै देउवाद्वारा मन्त्रिपरिषद विस्तार


२७ आश्विन २०७४, शुक्रबार

काठमाडौँ: प्रधानमन्त्री शेरवहादुर देउवाले संसदको आयु सकिनै लाग्दा निर्वाचन आचार संहिताको ठाडो उल्लघंन गर्दै शुक्रबार मन्त्रिपरिष विस्तार गरेका छन् ।Sherbahadur Deuba 1शेरवहादुर देउवा

निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको केही छिनमै मन्त्रिपरिष विस्तारको निर्णय लिएका हुन् ।राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री सहित चार मन्त्री र चार राज्य मन्त्री थपिएका छन । देउवाले इतिहासमै कलंक लाग्ने गरी मौजूदा मन्त्रिपरिष विस्तार गरेर ६४ सदस्यीय पुर्‍याएका छन् ।

देउवाले गरेको मन्त्रिपरिषद विस्तारको विपक्षी एमालेले विरोध गरेको छ भने सत्तारुढ माओवादी केन्द्र छलफलमा जुटेको छ । माओवादीले शनिबार यसबारे धारणा बाहिर ल्याइने बताएको छ ।माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि कांग्रेस सभपति समेत रहेका प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।

प्रधानमन्त्री स्वयंले निर्वाचन आचार संहिताको धज्जी उडाउने काम गरेको भन्दै एमालेले पछिल्लो मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन हुने र यस्तो आयोगले चुनाव सम्पन्न गराउन नसक्ने चेतावनी समेत एमालेले दिएको छ ।

आयोगले यसअघि दुई राज्यमन्त्री नियुक्ति सच्याउन देउवालाई निर्देशनसमेत दिएको थियो । तर, निर्णय सच्याउनु त परै जाओस्, उल्टै थप मन्त्रीहरु नियुक्त गरेर आयोगलाई चुनौती दिएका छन् । निर्वाचन आचारसंहिता विपरीतको नियुक्ति बदर गर्न आदेश दिने अधिकार निर्वाचन आयोगलाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७