४४ वर्षीया महिलालाई करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ


३१ आश्विन २०७८, आईतवार
pakrau
फाइल फोटो

तनहुँ, ३१ असोज । तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७