नौं युवकबाट तीन किशोरीमाथि सामुहिक बलात्कार


३१ आश्विन २०७८, आईतवार
Rape for nayapage

सिन्धुली, ३१ असोज । सिन्धुलीको कमलामाई नगरपालिका–५ बोझेका तीन किशोरीमाथि सामुहिक बलात्कार भएको छ । तीन बालिकालाई सोही ठाउँका नौं युवकले हिजो (शनिबार) राति बोलाएर सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको जानकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामभक्त भट्टराईले जानकारी दिए । बाँकी ६ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले बताए ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेका छन् । बलात्कृत किशोरीका अभिभावकले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।

कार्यालयका अनुसार दशैंका कारण अदालत बन्द भएकाले बलात्कार गर्नेलाई कारबाही गर्न अहिले पक्राउ पुर्जी लिइएको छ । अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिई कारबाही प्रक्रिया अघि बढाउने बढाइने छ । बलात्कार गर्नेमध्ये एक युवक र बलात्कृत हुने एक किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७