फेरिंदै कर्णाली सरकार


३१ आश्विन २०७८, आईतवार
mahendra1618752465

सुर्खेत, ३१ असोज । कर्णाली प्रदेशमा कात्तिक दोस्रो साताको शुरुवातमा सरकार फेरिने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार सरकार परिवर्तन हुन लागेको हो ।

सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् भने कांग्रेसका तर्फबाट सांसद रहेका जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै समयमै सत्ता हस्तान्तरण हुने प्रतिबद्धता जनाइसकेका छन् । उनले आफूले सहमति गरिसकेपछि धोका नदिने भन्दै कात्तिकको ५ गते देखि १० गतेभित्र आफूले राजीनामा दिएर बैकल्पिक सरकार बन्ने बताएका हुन् ।

यता कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि दुई नेताबीच सहमति भएको भन्दै त्यसको कार्यान्वयन ढिलामा १० गते हुनसक्ने बताएका छन् । ‘सत्ता हस्तान्तरणको जेण्टलमेन एग्रिमेन्ट हामीबीच भएको छ, त्यसको कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त पनि छु’, शाहीले सुनाए, ‘एमालेले सांसदबाट कारवाही गरेका व्यक्तिहरुको ५ महिना पुगेपछि पद रिक्त हुन्छ ।

त्यस बेला सरकार पुनर्गठन आवश्यक हुन्छ । पुनर्गठन गर्दै नयाँ नेतृत्वसहितको सरकार बन्छ ।’ उनका अनुसार नयाँ बन्ने सरकारमा माओवादी केन्द्र पनि सहभागी हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७