मोहन वैद्य अस्पताल भर्ना


३१ आश्विन २०७८, आईतवार
mohan baidhya

काठमाडौं, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

लामो समयदेखि दमबाट पीडित वैद्यको दम बढेपछि अस्पताल लगिएको हो । उनको छातीको एक्सरे गरिएको र छातीमा सामान्य दाग देखिएको चिकित्सकले बताएका छन् । उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७