दशैं पछिको पहिलो दिन नेप्से १७.५९ अंकले बढ्यो, कारोबार निरासाजनक


३१ आश्विन २०७८, आईतवार
share

काठमाडौं, ३१ असोज । दशैं पछिको पहिलो दिन (आइतबार) शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । दशैं बिदापछि आजबाट खुलेको नेप्से १७.५९ अंकले वृद्धि हुँदा २६५६.९६ अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने डेढ अर्ब पनि पुगेन ।

नेप्सेमा आज ४७ लाख ६० हजार २९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजारको कारोबार भएको छ । आज नेप्सेमा म्युचुअल फन्ड उपसूचकमा ०.७५ प्रतिशत गिरावट हुँदा अरू सबै उपसूचक बढेका छन् । होटेल तथा पर्यटन उपसूचकमा सर्वाधिक ३.५१ प्रतिशतले वृद्धि भएको छ भने अन्य उपसूचक २.०६ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३४ प्रतिशतले बढेको छ ।

आज नेप्सेमा कारोबार भएकोमध्ये चन्द्रागिरि हिल्सको शेयर मूल्य सबैभन्दा धेरै ६.९७ प्रतिशतले वृद्धि हुँदा हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य ५.०६ प्रतिशतले घटेको छ । यता बोटलर्स नेपाल तराईको सेयरमूल्य सबैभन्दा धेरै ३.९५ प्रतिशत र कालिका लघुवित्तको शेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार रकममा नबिल बैंक अगाडि रहेको छ । नबिल बैंकको सबैभन्दा धेरै ८ करोड ३२ लाख ६७ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ७ करोड ५३ लाख ५१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७