पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राऊ


१ कार्तिक २०७८, सोमबार
pakrau
फाइल फोटो

महोत्तरी, १ कातिक । महोत्तरीको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाई दिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलन गर्दै बताए ।

सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि आफ्नी पत्नीको गर्भ तुहिएको भन्दै बडादशैं चलिरहेकै बेला गत बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिला सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भाउजूको ओछ्यानमै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७