जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड, दुई सैनिकसहित नौ जनाको मृत्यु


१ कार्तिक २०७८, सोमबार
jambhuu

काठमाडौं, १ कातिक । भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिकसहित ९ जनाको मृत्यु भएको छ ।

कश्मिरबाट सय किलोमिटर टाढा सरनकोटस्थित एक गाउँमा आतंकबादी समूहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।

अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको हो ।

गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका आतंकवादी समूहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७