साफमा इतिहास रचेर फर्कियो फुटवल टोली, खेलकुद मन्त्रीसहितले गरे स्वागत


१ कार्तिक २०७८, सोमबार
football players 14 57M6LfnuoW

काठमाडौं, १ कातिक । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेर नयाँ इतिहास रचेर नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुगेको छ । उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई स्वागत गरेका छन् । नेपाली टोलीलाई मन्त्री गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
मन्त्रीसहित नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर लगायतले स्वागत गरेका थिए ।

माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलो पटक फाइनलमा पुगेर भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७