मृत सागर नजिकै दुई सय मोडलले खिचाए नग्न तस्बिर


१ कार्तिक २०७८, सोमबार
NUde photo shot in Israel 20211018063011

काठमाडौं, १ कातिक । इजरायलमा दुई सय बढी मोडलले नग्न तस्बिर खिचाएका (फोटो सुट) छन् । अमेरिकी फोटोग्राफरले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

आइतबार इजरायलको दक्षिणी भेगमा पर्ने मृतसागर नजिकैको एक मरुभूमिमा करिब दुई सय महिला र पुरुष मोडलले सामूहिकरुपमा नग्न तस्बिर खिचाएका हुन् । संसारका चर्चित अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले आफ्नो फोटोग्राफी परियोजनाअन्र्तगत सो तस्बिर खिचेका हुन् ।

Nude photoshot 20211018063011

इजरायलको पर्यटन मन्त्रालयले गरेको निम्ताको क्रममा इजरायल पुगेका उनले मृत सागरलाई झल्काउन सामूहिकरुपमा दुई सयभन्दा बढीको नग्न तस्बिर खिचेको जेरुसेलम पोष्टसँग बताएका छन् ।

नग्न तस्बिर खिचाउने क्रममा सयभन्दा बढी मोडलले सेतो रंग शरीरमा पोतेका थिए । फोटोसुटमा महिला र पुरुष गरि करिब दुई सय मोडल उपस्थित थिए । ट्युनिकले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

५४ वर्षीय फोटोग्राफरले संसारभर दर्जनौ नग्न तस्बिर खिचेका छन् । उनले १० वर्षअघि १ हजार मोडलको नग्न तस्बिर खिचेर चर्चा कमाएका थिए । विभिन्न समसामयिक विषयलाई आधार मानेर ट्युनिकले नग्न तस्बिर खिच्ने गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७