खुल्यो बजार, बढ्यो सुन–चाँदीको भाउ


१ कार्तिक २०७८, सोमबार
gold

काठमाडौं, १ कातिक । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । छापावाल सुन दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले चाँदीको सोमबारको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला एक हजार १८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७