अन्तरिक्षमा चलचित्र छायाँकन गर्न गएको रुसी टोली पृथ्वीमा अवतरण


१ कार्तिक २०७८, सोमबार
russian team pic1634540470
FILE – In this Oct. 7, 2021, file photo taken from video footage released by Roscosmos Space Agency, actress Yulia Peresild, left, film director Klim Shipenko, center, and cosmonaut Anton Shkaplerov speak with the Moscow Mission Control Center from the International Space Station, ISS. A Soyuz space capsule carrying a cosmonaut and two Russian filmmakers has separated from the International Space Station and is heading for the Earth. The separation took place on schedule at 0115 GMT Sunday, Oct. 17, with Oleg Novitskiy, Yulia Peresild and Klim Shipenko aboard for a descent of about 3 1/2 hours. (Roscosmos Space Agency via AP, File)

काठमाडौं, १ कातिक । रसियन चलचित्र ‘च्यालेन्ज’ अन्तरिक्षमा चलचित्र छायांकन गर्ने पहिलो चलचित्र बनेको छ । १२ दिन अन्तरिक्षमा बसेर ४० मिनेटको चलचित्र छायांकन गरेर चलचित्रका निर्देशक तथा कलाकारलगायत टिम पृथ्वीमा सुरक्षित फर्किन सफल भएको हो ।

उनीहरुले १२ दिन इन्टरनेशनल स्पेश स्टेसन (आईएसएस) मा बसरे छायांकन गरेर आइतबार फर्किएका हुन् । यो लो अर्थ ओर्बीटमा बनाइएको कृत्रिम सेटलाइट स्टेशन हो । यो कृत्रिम सेटललाइट स्टेशन पाँच वटा स्पेस एजेन्सीहरु नासा, रोस्कोस्मोस, जाक्सा, ईएसए र सीएसए मिलेर निर्माण गरिएको हो ।

निर्देशक क्लिम शिपेन्को र अभिनेत्री युलिया पेरेसिल्ड काजाकिस्तानमा उत्रिएका थिए । त्यहाँ उनीहरुको अवतरण छायांकन गर्ने चलचित्रकै अर्को टोली पहिले नै उपस्थित थियो ।

आईएसएसले पोस्ट गरेको विदाई ट्वीटमा अभिनेत्री पेरेसिल्डको वजनरहित कपालसहितको भिडियोले यो चलचित्र कतै पृथ्वीकै सेटमा छायांकन गरेको होला भन्ने शंका वा भ्रमलाई तोड्न पर्याप्त देखिन्छ ।

यदि यो चलचित्र सफल भएर प्रदर्शन भयो भने यसले नासा र एलोन मस्कको स्पेसएक्सले हलिउड अभिनेता टम क्रुजसँग स्पेशमा गएर छायांकन गर्ने घोषणा गरेको चलचित्रलाई उछिन्ने छ । चलचित्रको कथाबारे धेरै खुलाइएको छैन । तर, स्पेशमा छायांकन गरिएको भिडियोको आधारमा भन्ने हो भने अभिनेत्री पेरेसिल्ड एक डाक्टरको भूमिका निभाउँदै छिन् ।

आफ्नो जिम्मेवारी निभाउने क्रममा एक बिरामीको उपचार पृथ्वीमा सम्भव नभएपछि बिरामीलाई स्पेशमा लगेर उपचार गराइन्छ । अब चलचित्रका निर्देशक र अभिनेत्रीलाई १० दिनका लागि रसियाको स्टार सिटी प्रशिक्षणमा लगिने छ । जुन बस्न मिल्ने गरी बनाइएको आर्टिफिसियल सेटलाइट हो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७