विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो, पुसदेखि लागु हुने (सूचीसहित)


१ कार्तिक २०७८, सोमबार
nepal airlines

काठमाडौं, १ कातिक । नेपालमा विदेशी नागरिकका लागि हवाई भाडादर घटाइने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो ।

कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए ।

सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि सफल भने हुन सकेको छैन । कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले सुस्ताएको पर्यटन व्यवसायलाई पुनजीर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार काठमाडौंबाट पर्यटकका लागि सबैभन्दा व्यस्त रुट पोखरामा अब विदेशीलाई लिइने १०६ डलरबाट ६५ अमेरिकी डलरमा झारिने भएको छ ।

यस्तो छ परिमार्जित भाडादर
काठमाडौं–पोखरा : ६५ डलर

काठमाडौं–विराटनगर : ७६ डलर

काठमाडौं–जनकपुर : ४२ डलर

काठमाडौं–सिमरा : ३० डलर

काठमाडौं–भैरहवा : ६५ डलर

काठमाडौं–धनगढी : १३८ डलर

काठमाडौं–नेपालगञ्ज : १०२ डलर

काठमाडौं–भद्रपुर : ९४ डलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७