९३७ ले जिते कोरोना, ५९१ नयाँ थपिए, नौं जनाको मृत्यु


१ कार्तिक २०७८, सोमबार
korona

काठमाडौं, १ कातिक । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७,६५४ नमूनाको पीसीआर र २,०४६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट ५२३ र एन्टिजेन विधिबाट ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

corona 18th oct 20211018111919

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । आइतबार कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार थप ९३७ जना कोरोनामुक्त भएका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित २८० जनाको भेन्टिलेटरमा र ९९ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७